BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

दाङ । स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल भएको हो ।

कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादन गरेर विद्युत्को सहज व्यवस्थापनका लागि पहिलो चरणमा गरेको परीक्षण सफल भएको हो । हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरण सफल भएको जानकारी सहितको पत्र गढवा गाउँपालिकामा आएको वडा नम्बर ८ का अध्यक्ष सद्दाम सिद्दिकीले जानकारी दिए । कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सैं घण्टा विद्युत् आपूर्तिका लागि हावाबाट विद्युत् उत्पादनको परीक्षणको काम सफल भएको सिद्दिकीले बताए ।

हावाबाट विद्युत् उत्पादन भएमा कोइलावास नाकाका २५० घरधुरी लाभान्वित हुने उनको भनाइ छ । विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण भएर परीक्षणका लागि ट्रान्समीटर पनि जडान भइसकेको छ ।

कोइलाबास नाका क्षेत्रमा विद्युत् सेवा भए पनि नियमित हुन नसक्दा स्थानीयले सास्ती पाउँदै आएकोमा अब हावाबाट विद्युत् उत्पादनको काम अघि बढेको अध्यक्ष सिद्दिकीले बताए । विश्व बैंकको सहयोगमा हावाबाट बिजुली उत्पादन गर्ने काम सुरु भएको हो ।

त्यस्तै बङ्गलाचुली–२ पुरुङछेडामा गरिएको परीक्षण पनि सफल भएको छ । जिल्लाका दुई स्थानमा गरीएको परीक्षण पहिलो चरणमा सफल भएकोले स्थानीयवासी खुशी भएका छन् । गत वर्षदेखि यी दुई स्थानमा टावर स्थापना गरी सम्भाव्यता अध्ययन भइरहेको थियो । स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको थियो । पहिलो परीक्षण सफल भएको इञ्जिनियर गौरव दुलालले जानकारी दिए ।
जिल्लाका ती दुवै स्थानमा ८० मिटर अग्लो टावर निर्माणगरी पङ्खा जडान गरिएको थियो । “टावरले दुई वर्षसम्म हावाको गति मापन गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन सुरु गर्नेछौँ”, ईञ्जिनियर दुलालले भने । पहिलो वर्षको परीक्षण सफल भए पनि एक वर्षको परीक्षणले मात्रै नहुने भएकोले अर्को एक वर्ष पनि परीक्षण गर्नुपर्ने उनले बताए ।

“दुई वर्षसम्म यसको तथ्याङ्क निकाल्नु पर्छ, दुई वर्षको नतिजाअनुसार मात्र विद्युत् उत्पादन सुरु हुन्छ, पहिलो वर्ष सफल भएका छौँ, आशा गरौँ अर्को वर्ष पनि सफल हुने छौँ”, उनले भने । इञ्जिनीयर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रति सेकेण्ड हुनुपर्छ । हावाको गति मापन गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ ।

यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन सुरु हुने छ । अहिले देशका २१ ठाउँमा हावाको मापन गर्ने काम भइरहेको छ । यसअघि देशका सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको इञ्जिनियर दुलालको भनाइ छ । नवलपरासी, सिन्धुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम र पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय