BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

सृजना अधिकारी

चितवन मगर संस्कृतिमा आधारित नेपाली चलचित्रमिह्रीअर्थात्भाग्यको गीतके मेरो माया लाग्छ सार्वजनिक भएको छ।सञ्चारकर्मी रमेश रानामगर सनम आलेमगरको अभिनय रहेको गीत शनिबार मझेरी टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएकोहो। गीतमा देवराज आलेमगर तारा श्रीषमगरले आवाज दिएका छन्। राजु थापामगरको शब्दमा देवराज आलेमगरले संगीत दिएकाछन्। प्रदर्शनको तयारीमा रहेको चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो। गोविन्द पुनमगरको निर्देशन तथा छायांकनमा तयारभएको गीतको दृश्य भने पोखरा आसपासको क्षेत्रमा कैद गरिएको हो।

 

अमृता रानामगर, प्रेमकुमारी आलेमगर, देवेन्द्र रानामगरको लगानीमा निर्माण भएको चलचित्रमा अधिकांश कलाकारले डेब्यू गरेका छन्।चलचित्रमा नायकको रूपमा उदाएका रमेश रानामगर स्वयमले पनि यही चलचित्रबाट आफूलाई नायक तथा निर्देशकको रूपमादर्शकमाझ उभ्याउने प्रयास गरेका छन्। ईश्वर रानामगर, प्रीज्मा आलेमगर, आशिक रानामगर, स्रष्टी थापामगरलगायतका कलाकारलेपहिलोपटक चलचित्रको पर्दामा आफूलाई उभ्याएका छन्। साथमा प्रेमकुमारी आलेमगर, देवी थापा मगर, भीमबहादुर थापामगर, मिलनपाटामगर, बलबिक्रम थापामगर लगायतले अभिनय गरेका छन्।

रफ्तार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन तथा सम्पादन भने घना गुरूङले गरेका न्।

 

अधिकांश दृश्यतनहुँको आँबुखैरेनीस्थित रानागाउँमा कैद गरिएको चलचित्रमा कास्की चितवनका पनि केही स्थानका दृश्य देख्न सकिन्छ। चलचित्रमापहिलो प्रयास भए पनि उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ। प्रदर्शनको तयारीमा रहे पनि कोरोना कहरका कारण प्रदर्शन गर्ननसकिएको चलचित्रका नायक तथा व्यवस्थापक ईश्वर रानामगरले बताए।फिल्म हलहरू खुलेसँगै हामी चलचित्र प्रदर्शन गरिहाल्छौँ,’ उनले भने।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय