BREAKING
आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार |

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ।

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा अब २०० मिटर लम्बाइमा मात्र सडक ढलानको काम गर्न बाँकी रहेको छ। २०० मिटर ढलानको काम सकिएपछि एकतर्फी ढलानले सडक जोडिनेछ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा दाउन्नेको लम्बाइ तीन दशमलव नौ किलोमिटर पर्दछ। जसमध्ये अब २०० मिटर सडक ढलानको काम सकिँदा एकतर्फी काम सकिनेछ। उक्त कार्य अब चाँडै सकिने सूचना अधिकारी खनालले बताए। एकतर्फी ढलानको काम सकिएपछि यात्रा गर्न सहज हुने उनको भनाइ छ।

अहिले दाउन्नेको पूर्वी खण्डमा करिब ३३ मिटर लम्बाइको ढलानयुक्त बाटोबाट सवारी कुदिरहेका छन्। करिब ४०० मिटरको ढलान सकिएको क्षेत्रमा अहिले सवारी सञ्चालन गरिएको छैन। वर्षाअघि नै दाउन्नेको पूर्व खण्डमा ढलानयुक्त सडकले जोडेर यात्रा सहज बनाउने गरी काम भइरहेको उनले बताए।

सूचना अधिकारी खनालका अनुसार नवलपरासी पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब सात मिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था रहेको छ। अन्य सबै क्षेत्रमा कालोपत्रे र पक्की सडकमा यात्रा गर्न सकिने भएको छ। पूर्वी खण्डमा हालको भौतिक प्रगति ८१ प्रतिशत पुगेको सूचना अधिकारी खनालले बताए।

दाउन्नेको पश्चिम खण्डमा दश किलोमिटर क्षेत्र पर्दछ। जसमा तीन किलोमिटरमा एक चरणको कालोपत्रे सकिएको छ। सात किलोमिटर ढलान गर्नुपर्नेमा अहिले करिब दुई हजार ७०० मिटर ढलानको काम बाँकी रहेको छ। यस क्षेत्रमा तीन स्थानमा कल्भर्ट निर्माणको काम पनि चलिरहेको छ।

आयोजनाका पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालका अनुसार यस क्षेत्रमा पहिरो नियन्त्रणका काम भइरहेको छ।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो। नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो। निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक पटक म्याद थप गरिएको थियो। अहिले चौथो पटक थपिएको म्यादमा अघि बढिरहेको छ।

एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ। ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ÷छ मिटरको सर्भिस लेन हुनेछ। दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय