BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । लामो समयपछि नेप्से दोहोरो अङ्कले बढेको हो ।

नेप्से मङ्गलवार २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ ।

मंगलबार सबै समूहको सेयर बढेकोमा उत्पादन, बीमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । बजार दोहोरो अङ्कले बढे पनि कारोबार रकममा भने सुधार आएको छैन ।

मंगलबार दुई सय ६२ वटा कम्पनीका ३३ लाख १५ हजार कित्ता सेयर ९४ करोड ५२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड १० लाख रुपैयाँको र तमोर जलविद्युत कम्पनीको सेयर पाँच करोड रुपैयाँमा किनबेच भयो ।

म्ंगलबार सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको सेयर १० प्रतिशत र आदर्श लघुवित्तको सेयर साढे नौ प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि तमोर जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय