BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

काठमाडौं, असोज २० । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ। यूएईमा सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको हो। खेलमा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे। दिल्लीका कागिसो राबडाले ४ विकेट लिए। एन्रीच नोर्ट्जे र अक्षर पटेलले २र२ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो। दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले।

शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ। तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो। बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय