BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

काठमाडौं, कार्तिक १ । विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।

सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा अस्पतालमा उपचाररत बिरामीलाई कुनै खास प्रभाव नपारेको निष्कर्ष निकालेको छ।

३० देशमा गरिएको सो बृहत् अध्ययनमा विश्वका चार सय अस्पतालका ११ हजार बिरामी समेटिएका थिए। यो अध्ययनअन्तर्गत यी औषधिले समग्र मृत्युदर, भेन्टिलेटरमा उपचारको प्रभाव तथा अस्पताल बसाइ अवधिजस्ता विषयलाई समेटिएको थियो।

यो अध्ययनमा विश्वका १३ सय चिकित्सक सहभागी थिए। ‘विश्वको सबैभन्दा ठूलो रेन्डमाइज्ड कन्ट्रोल ट्रायल अध्ययनले यी औषधिको प्रभावकातिरताबारे ठोस प्रमाण दिएको छ, विश्व स्वास्थ्य संगठनद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।

सोलिड्यारिटी थेरोप्युटिक्स ट्रायल नाम दिइएको सो अध्ययनको अन्तरिम नतिजा मेडिकल जर्नलमा प्रकाशनका लागि समीक्षा भइरहेको पनि डब्लुएचओले जनाएको छ। डब्लुएचओले यो बृहत् अध्ययनले महामारीका बेला पनि औषधिको प्रभावकारिताको विषयमा अन्तर्राष्ट्रिय अध्ययन गर्न सकिने प्रमाणित गरेको बताएको छ।

यो अध्ययनको प्रारम्भिक नतिजा आएपछि विश्वभर यसको चर्चा सुरु भएको छ। ‘डब्लुएचओको बृहत् अध्ययनले कोभिड–१९ उपचारमा प्रयोग भएका रेम्डेसिभिर र इन्टरफेरोनको हावा खुस्किएको छ,’ विश्वको प्रमुख एकेडेमिक मेडिकल जर्नल साइन्सको अनलाइन संस्करणमा शुक्रबार प्रकाशित समाचारको शीर्षकमा भनिएको आजको नागरिक दैनिकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय