BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

काठमाडौं, असोज २७ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौले कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको बताएको छ ।
प्रशासनले आज एक सूचना जारी गर्दै चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नआएसम्मका लागि भोलिदेखि लागु हुने गरि सेवाहरु बन्द गरिएको बताएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञसमेतको छलफलपछि, नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्य बन्द गरिएको बताएको हो ।
साथै नवीकरणसम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी, नवीकरण राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको बताएको छ ।
शान्ति सूरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी सेवा, मुद्दाको सुनुवाइसम्बन्धी सेवा, विपद व्यवस्थापनसम्बन्धी सेवाहरु भने नियमित संचालन रहने प्रशासनले बताएको छ । अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय