BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ओसासुनालाई हराउँदै शीर्ष स्थानमा अग्रता बढाएको छ । मंगलबार राति बार्सिलोनाले घरेलु टोली ओसासुनामाथि २–१ को जित निकाल्दै लिगमा दोस्रो स्थानमा रहेको रियल म्याड्रीडसँग ५ अंकको अग्रता बढाएको हो ।

बार्सिलोनाले जितेको खेलमा दुई मुख्य खेलाडीले रातो कार्ड खाए । फरवार्ड रोबर्ट लेवान्डोस्की र जेरार्ड पिकेले रातो कार्ड खादै मैदान बाहिरिए ।

फुटबलबाट सन्यासको घोषणा गरेका पिकेले अन्तिम खेल अघिनै राता कार्ड खाए । ३५ वर्षिया डिफेन्डरले पिके रेफ्रीसँग विवाद गर्दा रातो कार्ड पाएका थिए ।

डेभिड गार्सियाले खेलको सुरुवातमै घरेलु टोलीलाई अघि बढाएका थिए । दोस्रो हाफमा पेड्री र राफिन्हाले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

जितसँगै बार्सिलोनाले ३७ अंक जोडेको छ । रियल मड्रिडको ३२ अंक छ । ओसासुना २३ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय