BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

काठमाडौं,असोज १९ गते । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षीया एक महिलाले एकैपटक पाँच जना शिशु जन्म दिनुभएको छ । नुवाकोटकी सोमिका तामाङले एकैपटक पाँच जना शिशुलाई जन्म दिनुभएको हो ।
अस्पतालकी निर्देशक डा. संगिता मिश्राले पाँचमध्ये चार जना जीवित रहेको जानकारी दिनुभयो । २८ हप्तामा नै एक जना बच्चा पेट भित्र मृत्यु भएको जानकारी दिनुभयो । भिडियो एक्सरे गर्दा नै थाहा पाएका थियौं कि एउटा बच्चा मरेको छ भन्ने डा. मिश्राले भन्नुभयो,“तर पेटमा पानी जमेकोले शल्यक्रिया गरेर बच्चा निकालेको बताउनुभयो । उहाँले तीनवटा बच्चालाई आमालाई दिइसकेको जानकारी दिनुयो । ती बच्चा एककेजी ६ सय ग्राम देखि एक केजी नौसय ग्रामसम्मका छन् । आठसय ग्रामको बच्चालाई भने आइसियुमा राखिएको छ ।
अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा चिकित्सक टोलीले सोमबार विहान शल्यक्रिया गरेपछि शिशुहरु जन्मिएका हुन् । डा. सुदेदीले जन्मिएका शिशुहरु जीवित चार जना छोरी रहेको बताउनुभयो ।
अहिले जीवित शिशुहरुलाई आइसीयू अव्जरभेसनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ । उहँले पेटमा पानी जमेकोले ३२ हप्तामा शल्यक्रिया गर्नुपरेको बताउनुभयो ।
शल्यक्रियामा डा. सुवेदीको नेतृत्वमा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन हुनुहुन्थ्यो भने एनेस्थेसियामा डा. मुकेशकुमार हुनुहुन्थ्यो । त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय