BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

काठमाण्डौ – ट्विटर इंक र फेसबुक इंकले अमेरिकी राष्ट्रपतिकाे खाता (@POTUS) को नियन्त्रण जनवरी २० मा जो बाइडेनलाई हस्तान्तरण गर्ने बताएका छन् ।

ट्विटर र फेसबुक दुवैको (@POTUS) अकाउन्ट  अमेरिकी राष्ट्रपतिको आधिकारिक अकाउन्ट हो । यो ट्विटर अकान्ट र फेसबुक पेजभन्दा अलग छ, यसलाई डोनाल्ड ट्रम्प प्रायः आफ्ना पोस्टहरु लेख्न प्रयोग गर्दछन् ।

‘ट्विटरले २० जनवरी, २०२१ मा ह्वाइट आउसको संस्थागत खाता हस्तान्तरणका लागि सक्रियतापूर्वक तयारी गरिरहेको बताएको छ । हामीले २०१७ मा पनि राष्ट्रपति परिवर्तनका क्रममा यस्तै गरेका थियौँ, यो प्रक्रिया राष्ट्रिय अभिलेख र पहिलेका रेकर्डका साथ घनिष्ठ परामर्शका साथ भइरहेको छ’, कम्पनीले समाचार संस्था रोयटर्ससँग भनेको छ ।

ट्विटर, फेसबुकले अन्य संस्थागत ह्याण्डलहरु :– ह्वाइट हाउस, उपराष्ट्रपति र पहिलो महिलाका लागि पनि उद्घाटन दिवसमा हस्तान्तरण गर्ने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय