वैशाख १४
नेकपा (एकीकृत समाजवादी) का मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि जनाउँदा पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन । पार्टीलाई सामूहिक होइन प्राइभेट लिमिटेडजस्तो बनाउन खोजियो । हामीले यस्तो गर्नका लागि एमालेमा विद्रोह गरेका थिएनौं,’ पोखरेलले भने । उनले अब एमाले प्रवेश गर्नेबारे अहिले कुनै तयारी नरहेको बताए ।
‘एमालेमा जान पनि सकिन्छ तर अहिले त्यस्तो तयारी छैन,’ उनले भने । पोखरेलले चालिस वर्षदेखि नेकपा एमालेको राजनीति गरेका थिए । गत वर्ष एमाले फुट्दा उनी एकीकृत समाजवादीमा गएका थिए ।
एकीकृत समाजवादीले वैशाख ३० गते हुने चुनाव हेटौंडा उपमहानगरमा मीनाकुमारी लामालाई मेयर उम्मेदवार बनाएको छ ।

