BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

७ मङ्सिर: बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४५ हजार २८१ पुगेको यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

मुश्लिम बहुल यस मुलुकमा कोभिड–१९ सङ्क्रमित छ हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विगत २४ घण्टामा १२ हजार ६४३ व्यक्तिको शङ्काका आधारमा कोभिड–१९ परीक्षण गरिएकोमा एक हजार ८४७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । शनिबार कोभिड–१९ सङ्क्रमित थप २८ जनाको मृत्यु भएकमो छ ।

बङ्गलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका एक हजार ९२१ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६० हजार ३५२ व्यक्ति निको भएका छन् ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.४३ प्रतिशत रहेको छ भने अहिलेसम्म ८०.९३ प्रतिशत विरामी निको भई घर फर्किएका छन् ।

तथ्याङ्कमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा सङ्क्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय