BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

इङ्ग्ल्यान्डले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत रोमानियामाथि १–० गोलको जित दर्ता गरेको छ । आइतबार राति इङ्ग्ल्यान्डले घरेलु मैदानमा जित निकाल्दा मार्कस रास्फोर्डले निर्णायक गोल गरे ।

इङ्ग्ल्यान्डस्थित रिभरसाइड स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६८औँ मिनेटमा इङ्ग्ल्यान्डले पेनाल्टीको मौका पाएको थियो, जसमा रास्फोर्डले गोल गर्दै इङ्ग्र्ल्यान्डलाई अग्रता दिलाए ।

यस्तै, ७८औँ मिनेटमा इङ्ग्ल्यान्डले दोस्रो पेनाल्टी पाएको थियो । तर जोर्डन हेन्डरसन पेनाल्टीमा असफल बनेका थिए । बाँकी समय गोल नहुँदा इङ्ग्ल्यान्ड १–० गोलले विजयी भयो ।

इङ्ग्ल्यान्डले युरो कप २०२० को तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेको हो भने रोमानिया विश्वकप छनोटको तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय