BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

काठमाडौं । विश्वमा कोरोना संक्रमण फैलिएयताकै सबैभन्दा धेरै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३ हजार २९६ जनाको मृत्यु भएको छ । यसअघि एकैदिन सबैभन्दा धेरै अप्रिल १७ मा १२ हजार ४८२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ७ लाख ४७ हजार ८२ छ । एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि सबैभन्दा धेरै नोभेम्बर १४ मा ६ लाख ६८ हजार ९५३ मा संक्रमण पुष्टि भएको थियो ।

विश्वका धेरै देशमा केही समय कमी आएको संक्रमण दर पुनः बढ्न थालेपछि दैनिक संक्रमित तथा मृत्यु हुने दर पनि बढ्दै गएको छ ।

हालसम्म कोरोनाका कारण विश्वमा १४ लाख ३९ हजार ७८४ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ६ करोड १२ लाख ९९ हजार ३७१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय