BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ ।

बिहिबार नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको एक सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले १६ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर भेटायो ।

स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले नटआउट ४६ र जर्ज मुन्सेले ४५ रन बनाए । बलिङतर्फ नेपालका गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा एक सय १९ रन बनाउँदा अलआउट भएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ ब्रान्डन म्याकमुलेन, सफयान शरिफ र मार्क वाटले दुई÷दुई विकेट लिए ।

योसँगै नेपाल त्रिदेशीय एकदिवसीय शृङ्खलामा जितविहीन भएको छ । नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो ।

दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएको थियो ।

सात टोली सहभागी विश्व कप लिग–२ मा नेपाल २४ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय