बार्सिलोना स्पानिस ला लिगाको खेलमा बराबरीमा रोकिएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोना गिरोनासँग बराबरीमा रोकिएको हो ।
सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा रोवर्ट लेवान्डोस्कीले सुरुमै गोल गर्ने अवसर गुमाएका थिए । फुलहमबाट लोनमा आएका गिरोनाका गोलकिपर पाउलो गाज्जानियाले राम्रो बचाउ गरेका थिए ।
जारी सिजन बार्सिलोनाले घरेलु मैदानमा अंक गुमाएको यो तेस्रो पटक हो । बराबरीपछि पनि बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडमाथि १५ अंकको अग्रता बनाएको छ ।
शनिबार रियल मड्रिड भियारियालसँग ३–२ ले पराजित भएपछि बार्सिलोनालाई सहज भएको हो । बार्सिलोना रियलभन्दा अझै १२ अंकले अगाडि छ । २८ खेलबाट बार्सिलोनाको ७२ अंक जोडेको छ । समान खेल खेलेको रियलसँग ५८ अंक छ ।

