BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

पहिलो टी–२० क्रिकेटमा भारतले पाहुना टोली वेस्ट इन्डिजलाई ६ विकेटले हराएको छ ।

कोलकातामा गएराति भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

भारतका लागि कप्तान रोहित शर्माले ४० तथा इशान किशनले ३५ रन जोडे । त्यस्तै सूर्यकुमार यादवले नटआउट ३४ रन बनाए । वेस्ट इन्डिजका रोस्टन चेसले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले ।

भारतका हर्सल पटेल र रवि विश्नोईले २/२ विकेट लिए । जितसँगै भारतले ३ खेलको टी–२० श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । यसअघि भएको ३ खेलको एक दिवसीय क्रिकेटमा भारतले ‘क्लिन स्वीप’ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय