BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

घरेलु टोली वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

मंगलबार बिहान भएको तेस्रो टी–ट्वान्टीमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले सिरिज आफ्नो पक्षमा पारेको हो । वेस्ट इन्डिजले पाँच खेलको टी–ट्वान्टी सिरिजमा ३–० को जित निकालेको हो ।

डारेम सम्मे क्रिकेट स्टेडियममा अष्ट्रेलियाले दिएको १४१ रनको लक्ष्य वेस्ट इन्डिजले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । वेस्ट इन्डिजका लागि क्रिस गेलले ६७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ४ चौका र ७ छक्का प्रहार गरे । वेस्ट इन्डिजका लागि कप्तान निकोलस पोरानले अविजित ३२ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका लागि रिले मेरेडिथले ३ विकेट लिए । त्यस्तै, मिचेल स्ट्राकले १ विकेट झारे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । अष्ट्रेलियाका लागि मोइस हेनरिक्यूले ३३ रन बनाउँदा अरोन फिन्चले ३०, एस्टोन टुनेरले २४ रन जोडे ।

वेस्ट इन्डिज पहिलो खेलमा १८ रनले विजयी भएको थियो । दोस्रो खेल ५६ रनले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय