BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

एजेन्सी, २६ कात्तिक । विहार विधानसभा चुनावमा नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनी नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ ।

२ सय ४३ सिटमा नितिशको दल जनता दल युनाइटेड र भारतीय जनता पार्टीले एक सय २५ सिटमा जीत हासिल गरेको छ । यो बहुमतका लागि आवश्यक एक सय २२ सिटभन्दा केही बढी हो । तर, नितिशको दल जनता दल युनाइटेडले अघिल्लो चुनावमा भन्दा झण्डै आधा कम सिट ४३ मा जीत हासिल गरेको छ । केन्द्रको सत्तारुढ भारतीय जनता पार्टीलले विगतमा भन्दा बढी सिट जितेको छ ।

काँग्रेस आईसहितको विपक्षी गठबन्धनले ११० सिटमा जित हासिल गरेको छ । अन्यले आठ सिट जितेका छन् ।

तर, विहारमा सबैभन्दा ठुलो दल लालु यादवका छोरा तेजस्वी यादवको दल राष्ट्रिय जनता दल बनेको छ । उसले ७५ सिटमा जित हासिल गरेको छ । भाजपाले ७४ सिटमा जित हासिल गरेको छ । कँग्रेस आई विहार विधानसभामा कमजोर देखिएको छ ।

लोक जनशक्ति पार्टीले मात्र एक सिट जितेको छ । नितिश नेतृत्वको गठबन्धनबाट बाहिरिएको उक्त दलले नितिशको दललाई ठूलो धक्का दिन सफल भएको छ । जेडियुले बढी सिटमा लोक जनशक्तिको असहयोगका कारण हार व्यहोरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय