BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुनः डाक्टर ट्रेडोस  अधानोम गेब्रेयसस पुनः नियक्त भएका छन् ।

उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित गरेका हुन् ।

गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुनः अर्को कार्यकालका लागि निर्वाचित भए । यस पटक गेब्रेयसस एक्लो उम्मेदवार थिए ।

‘डब्लुएचओका महानिर्देशकको रूपमा दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट म आभारी छु,’ निर्वाचित भएपछि उनले भनेका छन्, ‘यद्यपि यो सम्मान ठूलो जिम्मेवारीका साथ आउँछ र म सबै देशहरू, विश्वभरका मेरा सहकर्मीहरू र हाम्रा मूल्यवान साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छु ।’

स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उनको भनाइ छ ।

महानिर्देशक डा. टेड्रोसको नयाँ कार्यकाल भने आधिकारिक रूपमा १६ अगस्ट देखि सुरु हुने डब्ल्यूएचले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय