फिफा विश्वकप छनोटको खेलमा इक्वेडरमाथि ब्राजिलले जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० गोल अन्तरकाे जित निकालेकाे हाे । विश्वकप छनाेटमा ब्राजिलकाे याे पाँचाै जित हाे ।
ब्राजिललाई जित दिलाउन रिचार्लिसन र नेयमारले गोल गरे ।
पहिलो हाफ गोलरिहत बराबरी खेलका थिए । खेलको ६५ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
खेलको इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–० गोलको जित दिलाए ।
जितसँगै ब्राजिलले ५ खेलमा १५ अङ्क जोडेको छ ।


