BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

सन् २०२२ मा हुने फिफा विश्वकप तथा एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले आज जोर्डनको सामना गर्दै छ । नेपाली समयानुसार राति ९ः४५ बजेबाट सुरु हुने उक्त खेल कुवेतको जाबेर अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ ।

यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्ने दाउमा हुनेछ । खेलको पूर्वसन्ध्यामा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली रहेपनि मैदानमा जित निकाल्ने लक्ष्य आफूहरूको रहेको बताए ।

धेरैले जोर्डनविरुद्ध कुनै पनि मौका नभएको बताएका छन् तर हरेक खेल ०–० बाट सुरु हुन्छ’, उनले भने, ‘नतिजा मैदानमा गरिएको प्रदर्शनमा निर्भर हुन्छ । हाम्रो लक्ष्य भनेको सुरुआतबाटै जिततर्फ हुनेछ ।’

यसअघि बिहीबार राति चाइनिज ताइपेईविरुद्धको खेलमा सुखद नतिजा निकालेको नेपाल सोही मनोबलका साथ मैदान उत्रिनेछ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित छ ।

छनोट चरणको प्रतिस्पर्धाका लागि कुवेत प्रस्थान गर्नुअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा ६–२ ले पराजित नेपाल स्तब्ध भएको थियो । समूह ‘बी’ मा दोस्रो स्थानमा रहेको नेपालले ६ खेलबाट ६ अङ्क जोडेको छ ।

जोर्डन भने १० अङ्कका साथ तेस्रो स्थानमा छ । उसले नेपालभन्दा एक खेल कम खेलेको छ । शीर्ष स्थानमा अपराजित रहेको अस्ट्रेलिया छ भने दोस्रो स्थानमा कुवेत छ । अस्ट्रेलियासँग १५ अङ्क भने कुवेतसँग १० अङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय