BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको हो ।

इन्टरको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन इडेन हाजार्डले निर्णायक गोल गरे । एक गोल रियलले आत्मघाती उपहार पाएको हो ।

खेलको सातौं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । ३३ औं मिनेटमा इन्टर १० खेलाडीमा सिमित भयो । इन्टरका भिडाल रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

५९ औं मिनेटमा आर्चरफ हाकिमीले आत्मघाती गोल गर्दा रियलले २–० को जित निकाल्न सफल भयो । जितसँगै रियलले अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।

लिगमा चार खेल खेलेको रियल ७ अंकसहित समूह बीको तालिकाको दोस्रो स्थानमा छ । पराजित इन्टर २ अंकसहित तालिकाको पुछरामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय