BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

रवि रोषी/ चितवन

नेका जिल्लाको निर्णयानुसार गरिएको उम्मेदवार हेरफेर बिरुद्द कृयाशील सदस्य लगायत आस्थावान कांग्रेसहरुले तालाबन्दी गरेका छन् ।

यहि वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको २०७९ को निर्वाचन चुनावी संघारको निकट आइपुग्दै गर्दा नगर, क्षेत्र, प्रदेश र जिल्लाको तर्फबाट उम्मेदवार पुन: फेरबदल गर्नुपर्ने लिखित पत्र सार्वजनिक भएपछि बिरोधमा उत्रीनुपरेको बताएका छन् ।

inbound4928001058568529672

१२ नं. वडा बिगतको दुई कार्यकाल नेपाली कांग्रेसले बिजयता हासिल गर्दै आएको ईतिहास भुलेर आस्थावान कांग्रेसको मर्ममा कुल्चिने अधिकार कुनै पनि नेता र सयन्त्रलाई नरहेको बताए ।

हामी केन्द्रको निर्णयलाई शिरोधार्य गर्दै गठबन्धन भाग एकका नगरप्रमुख र उपप्रमुख लगायत वडा सदस्य जिताउन घरदैलो सुरु गरिसक्दा यस्तो लिखित पत्र प्रवाह हुनु उम्मेदवार र सम्पुर्ण कार्यकर्ताको राजनितिक स्वाभिमान माथि अनैतिक तथा अराजनितिक प्रहार हो भन्दै वडा कार्यसमिती, सल्लाहकार समिती, कृयाशील सदस्य तथा उम्मेदवारहरुले प्रतिज्ञापत्रमा सामूहिक हस्ताक्षर गरि पुर्व ५ दलीय गठबन्धन आदेशलाई पालना गर्दै वडा अध्यक्षको महिला उम्मेदवार अनिता अर्याललाई नै अघि सारेर चुनावी रणमैदानमा होमिने निर्णय भैसकेको जानकारी दिए ।

त्यसै गरी नेपाली कांग्रेस जिल्ला समितिका सचिव सुर्य अर्याल संग १२ नं. वडाका शीर्ष ब्यक्तिहरुद्वारा गरिएको टेलिफोनिक वार्तामा केन्द्रको आदेश र निर्णय कुल्चेर पार्टी र कार्यकर्ताको मनोवल गिराउने यस्तो निर्णय स्विकार्य नहुने र कार्यकर्ता, वडा कार्यसमिती र वडा अध्यक्षकी उम्मेदवार अनिता अर्याललाई आफुले पुर्ण रूपमा समर्थन गर्दै अन्तस्करण देखि नै पुर्ण सहयोग गर्ने प्रतिवद्दता जनाए ।

रत्ननगरको वडा नं १२ र १३ माओवादीलाई, वडा नं. १४ समाजवादीलाई र वडा नं. १५ माओवादीलाई वडा अध्यक्षको उम्मेदवार पद दिइएको भन्ने पत्र सार्वजनिक भएपछि

यस निर्णयको व्यापक बिरोध भएको हो ।

त्यसै गरि वडा नं. ३ नेकाको अति कमजोर वडा हुँदै गर्दा त्यहाँ उम्मेदवार खडा गरिनु नेकाको बिजयको शुभसंकेत नभई नेकाको मेयर पदको उम्मेदवार हराउने समेतको नियोजित षडयन्त्र हो भन्ने कुरो पनि व्यापक चर्चामा रहेको छ ।

वडा नं. ९ मा नेकालाई पछाडी धकेल्ने काम भएको भन्दै व्यापक असहमती प्रकट गर्दै बहुसंख्यक नेका कार्यकर्ताहरु खुलेआम रुपमा स्वतन्त्रका उम्मेदवारलाई बिजय गराउन चुनाव चिन्ह पुतली लिएर घरदैलो कार्यक्रमलाई व्यापक बनाउँदै आएका छन् ।

यस्तो किसिमको अस्वस्थ र अमान्य गठबन्धनले नेकाको तर्फबाटका नगरप्रमुखका बलियो उम्मेदवार सहित अधिकांश बलियो कांग्रेसको गढ ध्वस्त भै चौतर्फी पराजय भोग्नुपर्यो भने नेकाले आगामी दिनमा कहिल्यै टाउको उठाउन नसक्ने भन्दै पाका बिज्ञहरुले चिन्ता ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय