BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

रुसले युक्रेनमा मिसाइल र ड्रोनमार्फत् आक्रमण गर्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी ड्रोन र मिसाइलबाट आक्रमण गरेको बताएका छन् । रुसले कियभ, खारकिभ, ओडेसा र पश्चिमी क्षेत्रमा आक्रमण गरेको हो । युक्रेनका प्रधानमन्त्री डेनिस शमिशालले पनि देशका १५ क्षेत्रका शहरहरुमा विष्फोट भएको बताएका छन् ।

साथै रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा पनि आक्रमण गरेको उनले जानकारी दिएका छन् । रुसको आक्रमणपछि युक्रेनमा रेड अलर्ट जारी गरिएको छ । युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रका विभिन्न स्थानमा प्रवेश गरेपछि रुसले आक्रमण तीव्र पारेको बीबीसीले जनाएको छ । रुस र युक्रेनबीच साढे दुई वर्षदेखि जारी लडाइँ जारी छ ।

भूमि विवाद चर्किएपछि रुसले युक्रेनमा २४ फेब्रुअरी सन् २०२२ देखि आक्रमण सुरु गरेको थियो । गत सोमबार रुसले जलविद्युत आयोजनालगायतका ऊर्जा पूर्वाधारका क्षेत्रमा आक्रमण गरेर क्षति पुर्याएको युक्रेनको विदेश मन्त्रालयका अधिकारी एन्ड्री सिबिहाले सामाजिक सन्जाल एक्समा लेखेका छन् । उनका अनुसार यो आक्रमणमा मानवीय क्षति पनि भएको छ ।

बीबीसीका अनुसार रुसले उत्तरपश्चिमको रिब्ने र बोलिनदेखि लिएर दक्षिण-पूर्वको जापोरिज्जासम्मको क्षेत्रमा आक्रमण गरेको छ ।

आक्रमणबाट राजधानी कियभको एक जलविद्युत आयोजनाको बाँधमा क्षति पुगेको छ । यसैगरी एउटा विद्युत् सबस्टेसन र तीन वटा ग्याँस कम्प्रेसर स्टेसनमा पनि क्षति पुगेको छ । आक्रमणपछि युक्रेनको राजधानी कियभसहित विभिन्न स्थानमा बिजुली र पानीको आपूर्ति बन्द भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय