BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

जेठ २४ गते । म्यान्चेष्टर सिटीका मीडफिल्डर केभिन डे ब्रुन ‘प्रोफेशनल फुटबलर्स एशोसिएशन’ पुरस्कारको वर्ष खेलाडी घोषित हुनुभएको छ । उहाँले लगातार दोस्रो पटक उक्त पुरस्कार जित्नुभएको छ । ब्रुनका सहखेलाडी फिल फोडेन पीएफएको युवा वर्ष खेलाडीको पुरस्कार जित्नुभएको छ । म्यान्चेष्टर सिटीले तेस्रो पटक प्रिमियर लिग र कारबाओ कपको उपाधि जित्दा दुबै खेलाडीको भूमिका प्रभाबकारी थियो ।
२९ वर्षीय डे ब्रुन लगातार दोस्रो पटक वर्ष खेलाडी घोषित हुने दोस्रो खेलाडी हुनुहुन्छ । यसअघि क्रिष्टियानो रोनाल्डो म्यान्चेष्टर यूनाइटेडमा हुँदा दुई पटक वर्ष खेलाडी घोषित हुनुभएको थियो ।
बेल्जियमा डे ब्रुनले प्रिमियर लिगको पछिल्लो संस्करणमा छ गोल गर्नुका साथै १२ गोलमा सघाउनुभएको थियो । सिटीले चेलसी बिरुद्ध च्याम्पियन्स लिगको फाइनलमा हार्नु अघि डे ब्रुन नाक र आँखामाथिको हाड भाँचेर टोलिबाट बाहिरिनुभएको थियो । शल्यक्रियापछि उहाँ बेल्जियमको यूरो कप २०२० को यात्रामा सहभागी हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय