BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार व्यहोरेको छ ।

बुधबार राति मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो ।

१ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो ।

मुम्बईका डेवाल्ड ब्रेभिसले ४९ रनको विष्फोटक इनिङ खेले पनि टोलीले हार टार्न सकेनन् । सूर्य कुमार यादवले ४३ रन बनाए । यसैगरी, तिलक बर्माले ३६ रन जोडे भने कप्तान रोहित शर्मा २८ रन बनाएर आउट भए ।

मुम्बईलाई सस्तैमा समेट्न पन्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन जोडेको थियो ।

पन्जाबका लागि शिखर धवनले ७० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मायांक अग्रवालले ५२ रनको अर्धशतकीय इनिङ खेले । यसैगरी, जितेश शर्मा अविजित ३० रन जोड्दा साहरुख खानले १५ तथा जोनी बेयर्स्टोले १२ रन बनाए ।

मुम्बईका बसिल थाम्पीले २ तथा जयदेव उनाकड, जस्प्रित बुम्राह र मुरुगान आश्विनले १/१ विकेट लिए ।

जितसँगै पन्जाब तेस्रो स्थानमा उक्लिएको छ । पाँच पटकको च्याम्पियन मुम्बई ५ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय