BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

काठमाडौं, ७ भदौ । कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मनमोहन मेमोरियल शिक्षण अस्पताल काठमाडौंले ३३३ बेडको आइसोलेसन तथा उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

कोभिड–१९ का बिरामीहरूको उपचारका लागि अस्पतालले महामारीमा सरकारलाई सघाउने उद्देश्यले काठमाडौंको चन्द्रागिरी नगरपालिकाको दहचोकस्थित बेसिक साइन्स भवनलाई कोरोना संक्रमित बिरामीको उपचारका लागि ३३३ बेडको आइसोलेसन कक्ष तयार गरी सञ्चालनमा ल्याएको अस्पतालले बताएको छ ।

आइतबार अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गरी दिइएको जानकारी अनुसार विश्वव्यापी फैलिरहेको महामारी नियन्त्रणका लागि सरकारलाई सहयोग गर्नु संस्थाको कर्तव्य ठानी आइसोलेसन निर्माण गरी संघीय स्वास्थ्य मन्त्रालयलाई उपलव्ध गराएको उल्लेख गरिएको छ ।

‘विदेशमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउनका लागि सहजीकरण गर्न, नेपाल सरकार मन्त्रिपरिषद्को गत जेठ १२ गतेको बैठकले क्वारेन्टिन सञ्चालन गर्नाका लागि मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई अनुरोध गरेको र सरकारको अनुरोधलाई अस्पतालले महामारी नियन्त्रणका लागि आप्नो कर्तव्य ठानी नेपाल सरकार र स्वास्थ्य मन्त्रालयलाई गत जेठ २५ गते नै उपलव्ध गराइसकेको छ’, अस्पतालका अध्यक्ष पाण्डेले भने ।

अध्यक्ष पाण्डेका अनुसार अस्पतालको काठमाडौंस्थित चन्द्रागिरी नगरपालिका–१ स्थित दहचोकमा ७५ हजार बर्गफिट क्षेत्रफल रहेको ५ तले ६० कोठा भएको ७ वटा ल्याव समेतको हल भएको बेसिक साइन्स भवन छ । सोही भवनलाई ३३३ बेडको आइसोलेसन बनाइएको हो । त्यस्तै गत भदौ २ गतेदेखि मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको स्वयम्भुबाट समेत उपचार शुरू गरेको छ । हाल स्वयम्भु अस्पतालमा ६८ जना कोरोना संक्रमित तथा अन्य बिरामी रहेको पाण्डेले जानकारी दिए ।

बिरामीको उपचारका लागि अस्पतालका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा प्रशासनिक कर्मचारी तथा त्यहाँ लाग्ने सम्पूर्ण औषधि तथा अन्य आवश्यक उपकरणको व्यवस्थापन समेत अस्पतालले गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय