BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटअन्तर्गत ब्राजिलले पराग्वेमाथि २–० गोलको जित निकालेको छ । बुधबार बिहान पराग्वेको मैदानमा भएको खेलमा ब्राजिललाई जिताउन नेयमार र लुकास पाक्वेटाले एक–एक गोल गरे ।

नेयमारले खेलको चौथो मिनेटमा ग्राबियल जेससको पासमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको इन्ज्युरी समयमा पाक्वेटाले गोल गर्दै ब्राजिललाई २–० गोलको जित दिलाए । पाक्वेटाले नेयमारको पासमा गोल गरेका हुन् ।
जितसँगै विश्वकपको छनोटमा ब्राजिलले आफ्नो विजयी यात्रा कायमै राखेको छ । विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ शीर्ष स्थानमा रहेको उसले ६ खेलमा १८ अङ्क जोडेको छ । पराग्वे भने सात अङ्कसहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय