BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

बागलुङ, असोज २१ गते । बागलुङमा एकै दिन नेपाली सेना कार्यरत २८ सहित ३२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा भएको स्वाव परीक्षण अर्जुनवाण गण घोडाबाँधे र नम्बर २३ बाहिनी अड्डा बागलुङका २७ जनालाई कोरोना पुष्टि भएको हो ।
ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिए पछि उनीहरुको स्वाव संकलन गरिएको थियो । यस अघि १७ नेपाली सेनाका जवानहरुलाई संक्रमण भएको थियो । उनीहरु बागलुङ नगरपालिकाको रात्माटा स्थित आईसोलेसन कक्षमा उपचाररत छन् ।
घोडाबाँधे गणका कार्यरत १० जना र बाहिनी अड्डामा कार्यरत १६ जनालाई संक्रमण भएको छ । स्वास्थ्य कार्यालयका अनुसार २५, २४, २५, २८, २८, ३०, २८, ३७, २८, २७, २६, २८, २४, ३६, ३४, ३५, ३०, ३५, ४५, ४२, ३८, ३५, ३९, ३८, ३८, ३८, २२, २७ बर्षिय पुरुषलाई कोरोना पहिचान भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन याम बरालले जानकारी दिनुभयो ।
विहिबार नै जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत ३८ बर्षिय एक जना पुरुष प्रहरी अधिकृत, काठेखोला गाउँपालिका ८ का २६ बर्षिय पुरुष, काठेखोला गाउँपालिका–२ का ३० बर्षिय पुरुष र काठेखोला–१ का २२ बर्षिय पुरुष रहेका छन । उनीहरु भारतदेखि आएर भिमसेन प्राविको क्वारेन्टाईनमा रहेका थिए ।
संक्रमिण सेनाका जवानहरुको ट्राभल्स हिस्ट्री छैन । कोरोनासँग मिल्दो जुल्दो लक्षण र यस अघि संक्रमितहरुको सम्पर्कमा रहेको आधारमा उनीहरुको स्वाव संकलन गरी कोरोना परीक्षण गरिएको थियो ।
आर्मी ब्यारेक भित्र कोरोना फैलिए पछि नयाँ मान्छेलाई ब्यारेक भित्र प्रवेश निषेध गरिएको छ भने अत्यावश्यक बाहेक सेनाका कार्यरत अन्य व्यक्तिलाई पनि बाहिर निष्कन बन्देज गरिएको छ । एकै पटक ठुलो मात्रामा कोरोना संक्रमित थपिए पनि कुन आईसोलेसनमा राख्ने भन्ने बारे अन्यौल नभएको महामारी फोकल पर्सन बरालले बताउनुभयो ।
बागलुङ नगरपालिकाले रात्माटामा तयार गरेको नयाँ आईसोलेसनमा ३५ बेड क्षमता रहेको छ । उक्त आईसोलेसनमा हाल २१ जना उपचाररत छन् । यस अघि धौलागिरी बहिरा आवासीय माविमा तयार गरेको आईसोलेसन कक्ष विद्यालय संचालनको खाली गरेको हुँदा कहाँ राख्ने विषयमा छलफल भैरहेको उहाँले बताउनुभयो ।
संक्रमितलाई पायक पर्ने धौलागिरी अस्पतालको २५ बेड क्षमताको आईसोलेसनमा १० जना उपचाररत छन् । यस अघि तयार गरिएको धौलागिरी बहुमुखी क्याक्पसको ५५ बेड क्षमताको प्रि–आईसोलेसन कक्ष भने खाली छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय