BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सानदार जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिकोलाई ४—२ गोल अन्तरले पराजित गरेको हो ।

क्याम्प नाउमा सुरुआती अग्रता भने एट्लेटिकोले बनाएको थियो । आठौं मिनेटमा यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई १—० को अग्रता दिलाएका थिए ।

तर,दशौँ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई १—१ गोलको बराबरीमा ल्याए । खेलको २१ औं मिनेटमा गाभीले गोल गरेपछि बार्सिलोना २—१ ले अघि रह्यो ।

४३ औं मिनेटमा रोनाल्डो अरुजोले गोल गर्दै बार्सिलोनालाई ३—१ को अग्रता दिलाएका थिए । खेलको ४९ औं मिनेटमा डानी अल्भेसले गोल गर्दै बार्सिलोनालाई ४—१ को अग्रता दिलाए ।

५८ औं मिनेटमा एट्लेटिकोका लुइस सुआरेजले गोल गरेपनि बार्सिलोना ४—२ ले विजयी भएको हो ।  जितसँगै बार्सिलोनाले २२ खेलमा ३८ अङ्क जोडेको छ ।

बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ । एट्लेटिको ३६ अङ्क जोडेर पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय