BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

जेठ १८ गते । फेवतालमा यतिबेला पानी भरिएको छ । करीब पाँच महिना अघि बाँध मर्मतका लागि घटाइएको थियो । मर्मतका लागी तालको पानी ह्वात्तै घटेको देख्दा फेवताल घुम्न आउने सबै चकित थिए । अहिले भने ताल पुनः अवस्थामा फर्किएकाे छ ।
जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले फेवातालको पुनः आकारमा फर्किएको जानकारी दिनुभयो । “फेवतालले अस्तिबाट आफ्नो आकार लिएको छ, अहिले ९९३.१५ आर एल रिड्युस लेवल ) पुगेको छ । अब अझ केहि बढ्छ, ९९४ं.७ सम्म लान सकिन्छ तेतिबेला पूर्ण आकार लिन्छ पहिलो देखे भन्दा ठूलो हुन्छ ।,
पानी भरिन् किन लामो समय लाग्यो भन्ने प्रश्नमा, आचार्य भन्नु हुन्छ, सेतीको पानी ल्याएर रिर्चाज गर्ने भनिएको थियो, यतिबेला सिचाँइको समय पनि नभएको र हतार पनि नभएकोले नेचुरल हिसाबले भरिन दियांै, ।
उहाँका अनुसार मर्मतको काम दुई महिना अघि सकिएको छ । बाँध लगायत अन्य चर्किएको ठाँउमा (गा्रउटिङ)मसला भर्ने गरी मर्मत गरिएको छ । आर्चाय भन्नुहुन्छ, “आयूका हिसाबले एक पटक बनाएको ड्याम एक सय वर्षलाइ टिक्छ, तर समयसमयमा मर्मत गर्नुपर्छ । अब फेवताललाइ १० वर्ष यता ठूलो मर्मत गर्न नपर्ने उहाँले जानकारी दिनुभयो ।
पर्यटन वन तथा वातावरण मन्त्रालयले पानी सुकाएको बेला फेवतालमा जम्मा भएको फोहोर निकाल्ने कामको शुरुवात गरेको भए पनि काम भने हुन सकेन् । आचार्य भन्नुहुन्छ, फेवताल सफा गर्न शुरुवात गरेको थियो,बजेट विनीयोजन नहुँदा खोजिएको काम हुन सकेन् अलिअलि मात्र भयो ।
भारतको सहयोगमा २०१८ सालमा फेवतालको बाँध निर्माण भएको थियो । बाँध मर्मतका लागि सरकारले एक करोड बजेट छुट्याएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय