BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले फागुन १ गतेदेखि भौतिक रूपमा विद्यालय सञ्चालन गर्न सिफारिस गरेको छ ।आइतबार बसेको सिसिएमसिसीको बैठकले कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खोल्न सरकारसमक्ष सिफारिस गरेको हो ।

आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको सिसिएमसिसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । यसअघि माघ १४ गते बसेको सिसिएमसिसीको बैठकले माघ मसान्तसम्म शिक्षण संस्था बन्दलाई निरन्तरता दिन सिफारिस गरेको थियो ।यस्तै, भोलिदेखि लागू हुनेगरी यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको सिसिएमसिसीकी प्रवक्ता नेपालले जानकारी दिइन् । प्रवक्ता नेपालले कोरोनाविरुद्धको खोप लगाएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउने र १२ वर्षमुनिका बालबालिका भने आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय