BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

पोर्चुगलले  युरो २०२४ छनोटको खेलमा लक्जेमवर्गलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

गोन्कादो इनासियो, गोन्कालो रामोस र डिएगो जवटाले दुई दुई गोल गरेको खेलमा पोर्चुगलले सानदार जित निकालेको हो ।

निलम्बनमा परेका क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रेको पोर्चुगलले पहिलो हाफमा चार गोल गरेको थियो  । गोनकालो इनासियोले १२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

गोनकालो रामोसले  १८औं र ३४औं मिनेटमा गोल गरे । त्यसपछि इनासियोले पहिलो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ४– ० ले अघि बढ्यो ।

डिएगो जोटले ५७औं र ७७औं मिनेटमा गोल गरे । रिकार्डो होर्थाले ६७औं,  ब्रुनो फर्नान्डेजले ८३औं तथा जाआओ फेलिक्सले ८८औं मिनेटमा गोल गरे ।

पोर्चुगलले छनोटमा शतप्रतिशत नतिजालाई कायम राख्दै ६ खेलबाट १८ अंक जोडेर समूह जे को शीर्ष स्थानमा छ । लक्जेम्वर्ग ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

सोही समूहको अर्को खेलमा स्लोभाकियाले लिचेन्स्टाइनलाई ३–० तथा आइसल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई १–० ले पराजित गरेको छ ।

समूह डी को खेलमा वेल्सले लात्भियालाई २–० ले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय