BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

न्युयोर्क । संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएकोका संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ । चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्यलगायतका देशहरुले पनि उक्त सम्झौताबाट बाहिरिएकोमा दुःख व्यक्त गरेका बताइएको छ ।

अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका थिए । अमेरिकाले गत वर्षदेखि उक्त सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेको थियो र सो अभियानबाट बुधबार औपचारिक रुपमा बाहिरिएको हो ।

उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ गरेको थियो र सोही बमोजिम नै बुधबार बाहिरिएको हो । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरुसँगै अमेरिकाले पनि सम्झौता गरेको थियो ।

विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सो सम्झौताबाट बाहिरिएकोमा राष्ट्रसंघले दुःख व्यक्त गरेको बताइएको छ । यसअघि पनि सन् २०१५ देखि नै अमेरिकाको यो निर्णयको विश्वका प्राय देशहरुले विरोध गरेका थिए । तर, पनि ट्रम्प प्रशासनले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएका थिए ।

उक्त सम्झौताबाट नहट्न अमेरिकालाई विश्वका नेताहरुले आग्रह गरेको भए पनि नमानेको र अन्ततः बाहिरिएको भन्दै त्यसप्रति युरोपेली देशहरुले दुःख व्यक्त गरेका हुन् । एएनआई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय