BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनिस महारथी रियल मड्रिडलाई हराएको छ । मङ्गलबार राति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पिएसजीले रियल मड्रिडविरुद्ध १–० गोलको जित निकालेको हो ।

फ्रान्सस्थित पर्स डेस प्रिन्समा पिएसजीलाई जिताउन किलियन एम्बाप्पेले निर्णायक गोल गरे । निर्धारित समय गोलरहित बराबरीमा सकिएको उक्त खेलको इन्ज्युरी समयमा एम्बाप्पेले गरेको गोल नै पिएसजीको जितमा निर्णायक बनेको हो । उनले नेयमारको पासमा गोल गरेका थिए ।

त्यसअघि खेलको ६२औँ मिनेटमा पिएसजीले पेनाल्टीको माैका पाएको थियो । तर लियोनल मेस्सी पेनाल्टीमा चुक्दा उसले सुरुवाती अग्रता बनाउने अवसर खेर फालेको थियो ।

जितसँगै पिएसजीले पहिलो लेगमा अग्रता बनायो । अब दोस्रो लेगको खेल ९ मार्चमा रियलको घरेलु मैदानमा हुनेछ ।

रियल च्याम्पियन्स लिगमा सर्वाधिक धेरै अनुभवी टिम हो । उसले हालसम्म १३ वटा उपाधि जितेको छ । पिएसजी भने अहिलेसम्म उपाधि जित्न सकेको छैन । २०१९–२० को सिजनमा फाइनलमा बायर्न म्युनिखसँग हारेसँगै पिएसजीले उपाधि जित्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय