BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ मा रहेको पाल्ही कोट्कीकाली भगवती मन्दिर विकास तथा संरक्षण समितिको साधारण सभा तथा चौंथो अधिवेशन बुधबार सम्पन्न भएको छ । मन्दिर व्यवास्थापन समितिका अध्यक्ष एवं् प्रतिनिधी सभा सदस्य देवेन्द्र राज कंण्डेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव जुगुत कुर्मीले आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर प्रसाद राय, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, जिल्ला प्रहरी प्रमुख एसपी अजय केसी, समाजसेवी रामचन्द्र मौर्य, राजेन्द्र साहनी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

साथै बुधबारै भएको मन्दिर व्यवस्थापन समितिको चौथो अधिवेशनबाट पुनः देवेन्द्र राज कंण्डेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा डा. आरोग्य कंण्डेल, सचिवमा जुगुत कुर्मी, कोषाध्यक्षमा श्रीरामा श्रे दास, सदस्यहरुमा नाथु बाँनिया, अर्जुन प्रसाद चौधरी, चन्द्रमणी चौधरी, रविन्द्र साहनी, छाटेलाल पासी, मनोज अधिकारी र मञ्जु कंण्डेल रहुनभएको छ ।

मन्दिर व्यवस्थापन समितिको सल्लाहकारहरुमा प्रदेश सभा सदस्य बैजनाथ कलवार, जिल्ला समन्वय समति प्रमुख शिव शंकर प्रंसाद राय, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, जिल्ला प्रहरी प्रमुख अजय केसी र सशस्त्रका प्रहरी प्रमुख महेश अधिकारी रहनुभएको छ । यस्तै कानूनी सल्लाहकारमा अधिवक्ता राजेन्द्र खनाल रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय