BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

काठमाडौँ, वैशाख

नेपाली राष्ट्रिय फुटबल टिममा फेरि विवादको शुरु भएको छ ।
राष्ट्रिय टिमका १० मुख्य सिनियर खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग मनमुटावका कारण बन्द प्रशिक्षण छाडेपछि लामो समयदेखि फुटबल क्षेत्रमा बन्द भएको विवाद फेरि बल्झिएको हो ।

मंगलबार राति नै रोहित चन्दसहित १० खेलाडीले टिमलाई राखिएको वर्ल्ड ट्रेड सेन्टरको होटल छाडेका छन् । होटल छाडेर जाने प्रमुख खेलाडीमा रोहितसँगै विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई र विमल घर्तीमगर रहेका छन् । तिनको स्थानमा प्रशिक्षक अल्मुताइरीले बुधबारको प्रशिक्षणमा नयाँ खेलाडी बोलाइसकेका छन् ।

नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले १० खेलाडीले बन्द प्रशिक्षण छाडेको पुष्टि गर्दै के कस्तो कारणले उनीहरूले त्यस्तो गरेका हुन् भनेर प्रस्ट नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय