BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

जनकपुरधाम, असोज २९  । प्रदेश नं.२ मा केही समय यता घट्दै गएको कोरोना भाइरसको संक्रमण दर पुन बढ्न थालेको छ । गत साता प्रत्येक दिन ५० जना भन्दा कम भएको संक्रमण विस्तारै सेन्चुरी पार गर्न लागेको हो । प्रदेश नं.२ मा बुधबार एक सय जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् ।
आज १८ महिला र ८२ जना पुरुष गरी एक सय जनामा कोरोना भाइरसको संक्रमण भएको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का बरिष्ठ चिकित्सक डा.कमलेशप्रसाद यादवले जानकारी दिनुभयो । यो सँगै प्रदेश नं.२ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चौध हजार ४२१ पुगेकोे छ ।

उहाँका अनुसार आज धनुषामा सबै भन्दा बढी ५४ जना, महोतरीमा पाँच जना, सिरहामा नौ जना, बारामा सात जना, पर्सामा १५ जना , रौतहटमा एक जना, सप्तरीमा सात जना र अन्य दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उहाँले आज कोरोना भाइरसका कारण प्रदेश नं.२ मा एक जनाको मृत्यु भएको बताउनु भयो । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वार्ड नं. ६ हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत ५१ वर्षका एक पुरुष रहेका छन् । यो सँगै प्रदेश नं.२ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ५४ पुगेको छ ।

उहाँले प्रदेश नं.२ मा गत २४ घण्टामा २७ जना महिला र १७५ जना पुरुष गरी २०२ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएर घर फर्केको जानकारी गराउनुभयो । यो सँगै प्रदेश नं. २ मा कोरोनालाइ जितेर घर फर्किनेको संख्या बा¥ह हजार ४९५ जना पुगेको बरिष्ठ चिकित्सक यादवले जानकारी दिनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाको मापदण्डको विस्तारै जनस्तरबाट उल्लंघन हुन थालेकोले उहाँले संक्रमण नियन्त्रण तर्फ गइरहेको समयमा पुनः संक्रमण फैलिन लागेको बताउनुभयो । आजको संक्रमितहरु मध्ये धनुषाको नापी कार्यालयका मात्रै २९ जनामा संक्रमण पुष्टि भएपछि कार्यालयको कामकाज तत्काल बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय