BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

चिसापानी , नवलपरासी ।

एनआरएनए अफ्रिकाको तत्काल मातृभुमीलाई अक्सिजन सहयोग अभियान अन्तरगत आज चिसापानी अस्पताल,नवलपरासी लाई सत्तरी थान रिफिल अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । एनआरएनए राष्ट्रिय समन्वय समिती कङ्गोको आर्थिक सहयोग र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी २ एरिया ४, लायन्स कल्ब अफ नवलपरासी दाउन्ने को ब्यबस्थापन मा चिसापानी अस्पताल ,आइसोलेसेन सेन्टर लाई उक्त अक्सिजन सिलिण्डरहरु हस्तान्तरण गरिएको थियो ।

संघ र लायन्स क्लबको तर्फ बाट उक्त सिलिन्डरहरु चिसापानी अस्पताललाई लायन्स क्लव अफ नवलपरासी दाउन्ने का अध्यक्ष लायन रामचन्द्र अधिकारी र समाजसेवी तीलबहादुर क्षेत्रीले संयुक्त रुपमा गर्नु भएको थियो ।
एनआरएनएको अफ्रिकाका सबै राष्ट्रिय समन्वय समितिहरुका तर्फबाट लुम्बिनी क्षेत्रको संयोजन कङ्गो अध्यक्ष अमृत क्षेत्रीले गरि रहनु भएको छ ।
संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाका अनुसार हालसम्म देशका विभिन्न दस जिल्लाहरुका अस्पतालमा १०५ अक्सिजन सिलिन्डर , सिलिन्डर खरिद सहित र ९०० थान रिफिल सिलिन्डर गरि जमा १००५ थान अक्सिजन सिलिन्डर , एनआरएनए अफ्रिकाका तर्फबाट बितरण गरि सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय