BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

(आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले साविकको उप–विजेता टोली चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

सारझाँ क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्ली जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ /

लिगमा आठ खेल खेलेको दिल्ली १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ । समान अंक रहेको मुम्बई तालिकाको शीर्ष स्थानमा रहेको छ । दिल्लीलाई आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा उक्लने मौका छ ।

आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने खेल्ने सम्भावना कम छ । क्रिक इन्फोका अनुसार दिल्लीले यो सिजन सन्दीपलाई स्थान दिन अझ केही खेल कुर्नु पर्ने बताएको छ । दिल्लीले लिगमा ८ खेल खेलि सक्दा पनि सन्दीप बेन्चमा छन् ।

यता, चेन्नई आजको खेलमा जित  निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा ८ खेल खेलेको चेन्नई तीन खेलमा जित निकाल्दै तालिकाको छैटौं स्थानमा छ ।

आजनै हुने पहिलो खेलमा राजस्थान रोयल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः४५ मा सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय