BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

काठमाडौँ, असोज २० गते । चीनसँग नेपाल जोड्ने प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएसँगै व्यापारिक सामान एकतर्फी रूपमा आउन थालेका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले आइतबार रातिबाटै तातोपानी नाका पुनः सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइतबार राति ११ बजेबाट नाका सञ्चालनमा आई निर्बाध रूपमा नेपालतर्फ सामान आउन सुरु भइसकेको छ ।” उहाँका अनुसार आइतबार राति ११ ट्रक समान नेपाल आएको हो ।
उहाँले भन्नुभयो, “चीन तर्फबाट आएका समानहरू ट्रकबाट उतारी भन्सारको यार्डमा राखिन्छ र त्यहाँ निर्मलीकरण (डिसइन्फेक्सन) गरी सामानलाई भन्सारमा जाँचपास गरी नेपाल ल्याउने गरिएको छ ।’’
तातोपानी नाका असोज १९ बाट पुनः सञ्चालनमा ल्याउने गरी नेपाली र चिनियाँ पक्षबीच असोज १३ गते सहमति भएको थियो ।
यसैबीच नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले सामाजिक सञ्जालमा चीन र नेपालको संयुक्त प्रयासबाट झ्याङमु (तातोपानी) नाका सञ्चालनमा आएको बताउनुभएको छ । उहाँले अबदेखि तातोपानी र रसुवा दुवै नाकाबाट नेपालमा दैनिक आवश्यक सामग्री आपूर्ति गर्न सहज हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय