BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

जेनेभा । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । उनले आइतबार ट्वीट गरेर उनीहरुलाई बधाई ज्ञापन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै, उनले सो बधाईसँगै आफू पनि उनीहरुसँग काम गर्न इच्छुक रहेको बताएका हुन् । उनले ट्वीटमा भनेका छन्– अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईंहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु ।

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो । महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गरेका छन् ।

महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन पनि आग्रह गरेका छन् । आइतबारमात्र एक अमेरिकी दैनिक पत्रिकाले नवनियुक्त राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने अनुमान गरेर समाचार लेखेको थियो ।

त्यसलगत्तै यता विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिँदै सो प्रसंग उल्लेख गरेका हुन् । एएनआई कोरोना भाइरसबाट विश्वमा पाँच करोडभन्दा बढी सङ्क्रमित
वासिङ्टन । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।
यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ । यसैबीच तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमोरिकामा ९९ लाख ७१ हजार ६५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ३९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यहाँ ५६ लाख ६४ हजार ११५ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार ६११ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ५३ हजार ६५७ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९५ हजार २७ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार ८२५ जना सङ्क्रमित भएका छन् ।बेलायतमा ४९ हजार १३४ जनाको मृत्यु भएको छ भने ११ लाख ९५ हजार ३५० जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय