अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी र डेनमार्कले बराबरी खेलेका छन् । बुधबार राति अस्ट्रियामा भएको खेलमा जर्मनी र डेनमार्कले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलमा जर्मनीले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८औँ मिनेटमा फ्लोरियन नेहाअसले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए ।
७१औँ मिनेटमा युसुफ पलसेनले गोल गर्दै डेनमार्कलाई खेलमा फर्काए । बाँकी समय गोल नहुँदा खेल बराराबरीमा सकियो ।
जर्मनी र डेनमार्कले युरो कप २०२० को तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेका हुन् ।

