BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणका खेलहरु आजबाट सुरु हुँदैछन् ।

राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा आज राति फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) र स्पेनको रियाल मड्रिड भिड्नेछन् । यो खेल फ्रान्सको पेरिसमा हुनेछ ।

आजै राति पोर्चुगलमा हुने अर्को खेलमा घरेलु टोली स्पोर्टिङ लिस्बनले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीसँग खेल्नेछ ।

राउण्ड अफ सिक्सटिन अन्तर्गत भोलि राति हुने खेलहरुमा अष्ट्रियाको एफ.सी साल्जबर्गले जर्मनीको बायर्न म्युनिखसँग खेल्दा इटालीको इन्टर मिलान र इंग्ल्याण्डको लिभरपुल भिड्नेछन् ।

यसपटक स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको नक आउट चरणमा उपस्थित छैन् । समुह चरणमा तेस्रो भएपछि बार्सिलोना १८ वर्षपछि पहिलो पटक नक आउट चरणमा उक्लन असमर्थ भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय