BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

इङ्ग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा ब्राजिलको पाल्मेइरसमाथि अरितरिक्त समयमा २–१ गोलको जित निकाल्दै चेल्सीले उपाधि जितेको हो ।

साउदी अरेबियास्थित मोहम्मद बिन जायद स्टेडियममा चेल्सीलाई जिताउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक–एक गोल गरे । पाल्मेइरसका राफेल भेइगाको गोल सान्त्वना बन्यो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५५औँ मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए ।

६४औँ मिनेटमा भेइगाले गोल गर्दै पाल्मेइरसलाई बराबरीमा फर्काए । बाँकी समय गोल नहुँदा निर्धारित अवधि १–१ गोलको बराबरीमा सकिपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

११७औँ मिनेटमा चेल्सीले पेनाल्टीको मौका पाएको थियो, जसमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई जिताए । अतिरिक्त समयको अन्त्यतिर लुुएन गार्सियाले रातो कार्ड पाएपछि पाल्मेइरस १० खेलाडीमा सीमित बनेको थियो ।

गए राति नै तेस्रो स्थानका लागि भएको खेलमा इजिप्टको अल अलीले साउदीको अल–हिलालमाथि ४–० गोलको सानदार जित निकाल्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय