BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

चितवन, असोज १२ । चितवनमा पाटेबाघले आक्रमणबाट आज (सोमबार) एक जनाको मृत्यु भएको छ। चितवन निकुञ्जसँग जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर–६ का ६० वर्षीय बगुना चौधरीलाई बाघले आक्रमण गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए।

एक महिनायता चितवन निकुञ्ज नजिक बाघले आक्रमण गर्दा स्थानीयको ज्यान गएको यो तेस्रो घटना हो। शनिबार मात्रै निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पटिहानीको बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक स्थानीयको बाघको आक्रमणमा परेर ज्यान गएको थियो। भदौ २२ मा पनि बेलसहर आडकै बाटुलीपोखरी वनमा घाँस काट्न गएका एक स्थानीयले बाघले आक्रमण गर्दा ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय