BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

चितवन / नेपाली राष्ट्रिय फुटबल टोलीले कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरणअन्तर्गत नेपालले दोस्रो जित निकालेको छ । बिहीबार राति नेपालले चाइनिज ताइपेईमाथि २-० गोलको जित निकालेको हो ।

कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले समान एक–एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा नेपालले पेनाल्टीको मौका पाएको थियो । सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका खेलाडी चेङ हाउले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अञ्जनले सहजै गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए ।

खेलको ८१औँ मिनेटमा सुमन अर्यालको पासमा नवयुगले गोल गर्दै नेपाललाई २–० गोलको जित दिलाए ।

जितसँगै छनोटको समूह ‘बी’ को चाैथाे स्थानमा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ । अङ्कविहीन ताईपे तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय