BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

गुन्मा, जापान | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

उहाँले सन् २०२३–२०२५ को कार्यकालमा गुन्मा क्षेत्रीय समितिको संयोजकको रूपमा सफल नेतृत्व प्रदान गर्नुभएको थियो। संयोजक पदमा रहँदा मियाले गुन्मा क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरू सञ्चालन गर्नुका साथै समुदायमा एकता, समन्वय र सहभागितालाई बलियो बनाउन महत्त्वपूर्ण योगदान दिनुभएको थियो।

विशेषगरी, उहाँकै पहलमा सञ्चालन गरिएको सदस्यता विस्तार अभियान अत्यन्त सफल भएको थियो, जसअन्तर्गत सदस्य संख्या पाँच गुणाले वृद्धि भएको थियो। उम्मेदवारी घोषणा गर्दै मिया भन्नुहुन्छ, “NRNA जापानलाई अझ पारदर्शी, उत्तरदायी र क्षेत्रीय समिति अनुकूल बनाउनु मेरो उद्देश्य हो।एनआरएनए अभियानमा एकताबद्ध भएर लागे सबै मुद्दा समाधान गर्न सकिने उनले बताए ।एनआरएनए जापान नमुना संस्था बनाउने आफूसंग विशेष ‘रोडम्याप’ भएको उनको जिकिर छ  । अन्याय अत्याचारविरुद्ध लड्ने र अप्ठेरो परेका मानिसलाई सहयोग गर्ने आफ्नो स्वभाव रहेको बताउंदै नासिर मियाले समाजकै लागि काम गर्ने अठोट व्यक्त गरे ।

आफु निर्वाचित भएमा NRNA जापान पनि एकताबद्ध बनाउन आफुले सक्दो पहल गर्ने उनले बताए ।

सह-कोषाध्यक्षको भूमिका वित्तीय उत्तरदायित्वसँगै संस्थामा पारदर्शिता र विश्वास निर्माण गर्ने अवसर पनि हो।” गुन्मा क्षेत्रमा मियाको लोकप्रियता, इमान्दार छवि र व्यवस्थापन क्षमताले NRNA जापानको आगामी कार्यकालमा सकारात्मक ऊर्जा, पारदर्शिता र समावेशिता थपिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय