BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जिल्ला सभापतिहरूको अधिकार कटौती गर्ने प्रस्ताव गरेको नभइ गठबन्धन गर्ने बेला जिल्ला सभापति र प्रदेश सभापतिबीच समन्ययकारी भूमिका गरेर जानुपर्ने उल्लेख गरेको जनाएका छन् ।
शनिबार  सभापति बानियाँले आफूले जिल्ला सभापतिहरूको अधिकार कटौती गर्ने गरेर केन्द्रीय कार्यसमितिमा कुनै पनि अभिव्यक्ति नदिएको बताए ।

‘वडाको टिकट बाँड्दा समन्वयकारी भूमिकामा जानुपर्छ भनेको हो’, उनले भने, ‘गठबन्धनमा जाँदा समन्वय गर्नको लागि टिकट वितरण गर्ने निकाय, जिल्ला सभापति यसरी जाने भन्नेछ ।’
‘पालिकास्तरको हकमा गठबन्धनमा जाँदा जिल्ला सभापति र प्रदेश सभापति तथा गठबन्धनका दलहरूको जिल्ला र प्रदेश अध्यक्षहरूसँग एवम् पालिकास्तरको हकमा सम्बन्धित प्रदेश र सम्बन्धित जिल्लासँग समन्वय गरेर निर्णय गर्नुपर्छ भन्ने हो’, सभापति बानियाँले भनेका छन् ।
उनले भनेका छन्, ‘कांग्रेस एक्लै निर्वाचनमा जाँदा विधानमा स्पष्ट व्यवस्था छ ।’
‘आवेग र भ्रमको खेती गर्ने काम नगर्दा हुन्छ । पालिका भनेको गाउँपालिका मात्रै होइन । नगरपालिका, उप–महानगरपालिका र महानगरपालिका पनि पर्छ’, बानियाँले भने, ‘अभिव्यक्ति दिँदा अरुको अभिव्यक्ति नबुझिकन बोल्दा भ्रम सिर्जना हुन जान्छ । कांग्रेस भ्रम चिर्छ, यथार्थ खोज्छ । भ्रमको खेती कम्युनिस्टले गर्छन् । कांग्रेसभित्र नबुझिकन भ्रमको खेती नगर्न मेरो आग्रह मात्रै हो ।’
‘जस्तै उदाहरण स्वरुप काभ्रेमा १३ वटा पालिका छ, मकवानपुरम १० वटा छ, धादिङमा १३ वटा छ, चितवनमा महानगरपालिकासहित ७ वटा छ । काठमाडौंमा महानगरपालिकासहित नगरपालिकाहरू छन्, भक्तपुर र ललितपुरमा पनि नगरपालिका छन् । अरु जिल्लामा पनि छन् ।’, उनले भने, ‘यस्तो ठाउँमा त्यो जिल्लाको सभापति र प्रदेश सभापतिले आवश्यक्ता र औचित्यताको आधारमा गर्नुपर्छ ।’
उनले भने, ‘मैले नगरको टिकटमा निर्णय गर्ने भए पनि त्यहाँको जिल्ला सभापतिसँग सामन्वय नगरिकन निर्णय गर्दा गल्ती हुन सक्छ ।’
‘मेरो भनाइलाई केन्द्रीय सदस्यज्यूले गलत ढंगले ब्याख्या गर्नुभयो । ‘सुजो न बुझो, बेढंगले कुद्यो’ भन्ने जस्तो गरेर केन्द्रीय सदस्य हिँडेको देख्दा ताजुब लागेको छ’, बानियाँले भने, ‘शिक्षक पृष्ठभूमिबाट केन्द्रमा आउनुभएका शिक्षकहरूले सहि कुरा सिकाउने हो । बुझेर कुद्नुपर्छ ।’
सभापति बानियाँले भनेका छन्, ‘गठबन्धन अनिर्वाय छ । गठबन्धन जरुरी छ । तथ्याङ्कले पनि त्यही भन्छ ।’
सभापति बानियाँले केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकमा जिल्ला सभापतिहरूको अधिकार कटौती गर्न प्रस्ताव गरेको भनेर समाचार बाहिरिएपछि सो समाचारको खण्डन गर्दै आफूले राखेको धारणाका बारेमा स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय